काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।
यदि मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइन्छ ।