घरदैलोको क्रममा भोताङमा वंशलाल : मेलम्चीको रोयल्टीदेखि पर्यटनमार्फत समृद्ध पाँचपोखरी निर्माण

घरदैलोको क्रममा भोताङमा वंशलाल : मेलम्चीको रोयल्टीदेखि पर्यटनमार्फत समृद्ध पाँचपोखरी निर्माण

फरक पत्रिका

बुधबार, फाल्गुन १३ २०८२

घरदैलोको क्रममा भोताङमा वंशलाल : मेलम्चीको रोयल्टीदेखि पर्यटनमार्फत समृद्ध पाँचपोखरी निर्माण

मेलम्ची । नेपाली कांग्रेसबाट सिन्धपाल्चोक २ का उम्मेदवार वंशलालङ अहिले घरदैलोमा व्यस्त छन् । मतदातालाई भेटेर समस्या सुन्ने अनि समाधानका लागि पहल गर्ने अभियानमा छन् ।
यसक्रममा वंशलालले आज पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ भोताङ–छिम्तिमा निर्वाचन केन्द्रित घरदैलो तथा मतदाता भेटघाट गरे ।
पाँचपोखरी आफैमा एक रमणीय देवभूमि हो। यस क्षेत्रलाई सही रूपमा संरक्षण र प्रचार–प्रसार गर्न सकेमा पर्यटनमार्फत ठूलो आर्थिक लाभ हासिल गर्न सकिने उनको भनाइ छ। यहाँका बाटोहरूको स्तरोन्नति गर्दै आवागमन सहज बनाउने प्रतिबद्धता उनले स्थानीयलाई सुनाए ।
याङ्री र लार्केको पानी काठमाडौं लैजाँदा स्थानीयले पाउनुपर्ने रोयल्टी सुनिश्चित गर्न नीतिगत रूपमा पहल गर्दै रोयल्टी प्राप्त गर्ने ग्यारेन्टी गर्ने उनले बताए । पाँचपोखरीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको र यसका लागि आफूले अध्ययन गरेको उनले त्यहाँका मतदातालाई सुनाए।। साथै, होमस्टे सञ्चालनमार्फत स्थानीय दाजुभाइ–दिदीबहिनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक सहयोग गर्ने उनले बताए ।
यसैबीच विभिन्न पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी व्यक्तित्वहरू नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकोमा हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछु।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित