सक्किगोनिकी मुन्नीले रिलमा जितु नेपालसँग जोडी बाँध्ने

सक्किगोनिकी मुन्नीले रिलमा जितु नेपालसँग जोडी बाँध्ने

फरक पत्रिका

बुधबार, फाल्गुन ६ २०८२

सक्किगोनिकी मुन्नीले रिलमा जितु नेपालसँग जोडी बाँध्ने

काठमाडौं । चर्चित टेलिसिरियल सक्किगोनिकी मुन्नी अर्थात प्रियना आचार्यले फिल्म ‘कार्की साइँला’मा अभिनय गर्ने भएकी छिन् । निर्माण टिमले उनलाई मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। यस फिल्ममा प्रियना अभिनेता जितु नेपालको जोडीको रुपमा देखिनेछिन्।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्मको छायांकन सुरु गर्न लागिएको छ। धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले जनाएको छ।

यस फिल्ममा जितु र प्रियानासहित सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय रहनेछ।

कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने फिल्ममा बालकुमार राई निर्माता हुन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दै छन् भने छायांकन डम्बर राईको रहनेछ। द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बू, प्रोडक्सन सीबी भण्डारीको रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित