सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधि सभ सदस्य निर्वाचनो मिति नजिकिँदै गर्दा उम्मेदवारहरु कोण सभा र मतदाता भेटघाटमा व्यस्त छन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा पनि अन्यमा झैं चुनावी चहलपहल तीव्र बनेको छ । यहाँ प्रमुख चार दलबीच चुनावी भडिन्त हुने आँकलन गरिएको छ ।
१८ जनाले उम्मेदवारी दिएका छन् यो क्षेत्रमा । विशेषगरी नेपाली कांग्रेसका जंगबहादुर लामा, नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटा, नेकपा एमालेका सरेश नेपाल र रास्वपाका भरत पराजुलीबीच चुनावी प्रतिष्पर्धा हुने अनुमान गरिएको हो ।
चुनावी माहोल बढ्दै जाँदा कांग्रेसका उम्मेदवार लामाले सिन्धुपाल्चोक प्रतीक्षा होइन, निर्णयको चरणमा गएको एउटा सन्देश आफ्नो सामाजिक सञ्जालमा राखेका छन् । उनले आफ्नो चुनाव चिह्न रुखको तस्वीर राखेका फेसबुकमा लेखेका छन् ।
सिन्धुपाल्चोक अब प्रतीक्षा होइन, निर्णयको चरणमा छ।
विकास, इमानदारी र अडिग नेतृत्वको समय आएको छ।
![]()
— जंग बहादुर लामा
सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार
उनको यो फेसबुक स्टाटसले अनेक अड्कल गर्न सकिन्छ । आफ्नो जित दाबी गर्दै अब निर्णय गर्न मात्रै बाँकी रहेको भन्ने आशय उनले दिएको भान हुन्छ । आफू सक्षम नेतृत्व भएको समेत उनको दावी दोस्रो लाइनले स्पष्ट पार्दछ ।