यस्तो छ युवराज दुलालको चुनावी प्रतिबद्धता

यस्तो छ युवराज दुलालको चुनावी प्रतिबद्धता

फरक पत्रिका

सोमबार, फाल्गुन ४ २०८२

यस्तो छ युवराज दुलालको चुनावी प्रतिबद्धता

सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवराज दुलालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुपाल्चोक २  का उम्मेदवार दुलालले एक कार्यक्रमका बीच प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्

यस्तो छ उम्मेदवारको प्रतिवद्धता पत्र

 

२०८२ भदौ २२ र २३ गते भएको नवयुवा आन्दोलनका कारण तत्कालीन प्रतिनिधिसभा समय अघि नै विघटित भइ नयाँ प्रतिनिधि सभा गठनका लागि आगामि फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हँुदैछ । यस निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ नेपाली कम्युनिष्ट पार्टीबाट मनोनित भइ मैंले उम्मेदवारी दिएको छु ।

नवयुवा आन्दोलनको भावनाको सम्बोधन गर्दै, देशमा विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार र निराशाका कालो बादललाई चिर्दै आम नागरिकमा स्थायीत्व, सुशासन, विकास र समृद्धिको आशाका नयाँ किरण झुल्काउनु पर्ने चुनौति हाम्रा सामू रहेको छ ।

देशको यही गम्भीर एवं विषम परिस्थितिमा हुन लागेको यस निर्वाचनलाइ हामी सबैले नियमित निर्वाचनकारुपमा मात्र नलिइ देशको भविश्यको मार्ग तय गर्ने निर्वाचनका रुपमा लिनु पर्दछ ।

म नेपाली नागरिकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अगाध विश्वास र आस्था राख्दछु । सवै जाति, भाषा, धर्म र संस्कृतिप्रति उच्च सम्मान गर्दै नागरिकको धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षणमा दृढ रहँदै सामाजिक सद्भाव कायम राख्न सदैव प्रतिवद्ध छु ।

एक जनप्रतिनिधिकोरुपमा संविधानको कार्यान्वयन, कानुन निर्माण र योजनावद्ध दीगो विकासका कार्यमा निरन्तर क्रियाशील रहनेछु ।

मैंले विगतमा मतदाताहरुको सम्मान र भावनालाई सम्बोधन गर्ने कोशिष गर्दै प्रदेश सभा र प्रदेश सरकारबाट कानून निर्माण र विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा यहाँहरुमा सर्वविदितै छ । मेरो स्पष्ट दृष्टिकोण छ कि जनप्रतिनिधि कुनै एक पार्टीको प्रतिनिधि होइन र हुन हुदैन । अतः म साझा जनप्रतिनिधिको रुपमा प्रतिनिधि सभा सदस्य भइ कार्य गर्न पाउने विश्वास सहित, म संलग्न राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टीले जारी गरेको प्रतिवद्धतापत्रका साथमा उम्मेदवारको रुपमा समेत यो संक्षिप्त प्रतिवद्धता पत्र जारी गरेको छु ।

 

मेरा प्रमुख प्रतिवद्धताहरु ः

कानूनी एवं सुशासनका सवाल ः

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विज्ञहरुको मन्त्रिपरिषद, संविधानमा हाल रहेको संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषदको संख्या संविधानमै घटाउने विषयका पक्षम रही त्यस निणयार्थ पहल लिनेछु,
सुशासन कायम राख्न, प्रणाली सुधार गरी सेवा प्रवाहमा सहजता ल्याउन सधैं लागि रहनेछु ।
नेपालको संविधानको मार्गदर्शनमा रही शिक्षा र सबै स्तरका स्वास्थ्य सेवामा आम नागरिकको पहुँच रहने कानुन निर्माणका पक्षमा रहनेछु,
किसानमैत्री कानून निर्माण एवं कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यमा जोड गर्नेछु ।
रासायनिक मलको अभाव हुन नदिइ समयमै सहुलियत दरमा मल उपलब्ध गराउन पहल लिनेछु ।
बाँदर, बँदेल, दुम्सि, मृग जस्ता जंगली जनावरबाट कृषि बाली रक्षा तथा कृषि उपजको समर्थन मूल्य र बजारीकरणको सुनिश्चित हुने गरी कानून निर्माण गर्न पहल लिनेछु,
पुष्तौं देखि गूठी जग्गामा बस्दै आएका किसानहरुको समस्यालाइ न्यायीकताका दृष्टिबाट कानूनी रुपमा समाधान गर्न लागि पर्नेछु ।

 

पूर्वाधार विकास निर्माणमा प्रतिवद्धता ः

बाकस भरी भोट ः बाकस भरी विकास

आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको समग्र योजनालाई समेटेर तयार गरिएको विकासको परिकल्पना “विकासको बाकस ९म्भखभयिऊभलत द्ययह० परियोजना २” कार्यक्रम अघि बढाउनेछु । जस अन्तर्गत ः

बागमती प्रदेश सडक गुरुयोजनामा रहेका सबै सडकहरु र प्रत्येक वडाका महत्वपूर्ण सडकहरु स्तरोन्नती गरी आगामि पाँच बर्ष भित्र सिंगो प्रतिनिधि सभा क्षेत्रलाई सर्वयाम ९ब्िि ध्भबतजभच० सवारी चल्ने स्तरीय सडक यातायात सुनिश्चित क्षेत्र बनाइनेछ,
मध्यपहाडि लोकमार्गको सिन्धुपाल्चोक खण्ड (बन्देउ–बाहुनेपाटी–पाटी भञ्ज्यांग) को सडक र पुल निर्माणको कार्यलाई ३ वर्षभित्र सम्पन्न गरी यातायात सञ्चालनको व्यवस्था गराउनेछु,
दीगो सिंचाइ र खानेपानी प्रणालीको विकासमा जोड दिनेछु,
जिल्लाको सदरमुकाम चौतारालाई सम्पदामैत्री शहर, उच्च शिक्षा, प्राविधिक तथा व्यवशायीक शिक्षा र तालिम, स्वास्थ्य र खेलकुदको केन्द्रको रुपमा विकास गर्दै चौतारामा आर्थिक एवं व्यवसायीक गतिविधिको विस्तारको योजनालाई निरन्तरता दिनेछु,
व्यवस्थित शहरी पूर्वाधार ः सुविधायुक्त मेलम्ची शहर को अवधारणा अनुसार काठमाण्डौबाट १ घण्टामा पुग्न सकिने मेलम्चीलाई केन्द्रीय कार्यक्रमहरु गर्न सकिने शहरको रुपमा विकास गरिनेछ । जसबाट पर्यटन र आथिर्क गतिविधिमा वृद्धि गर्न सकिनेछ ।
पाँचपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित गर्न व्यवस्थित पूर्वाधार विकास गरिनेछ । आमा याँग्री, हेलम्बु ग्रेट टे«ल, च्योच्यो डाँडा, गुफा डाँडा, सुर्सिङ ब्ल्यांचे झरना, भुत छाँगा, साँगाचोकगढी, बुढिचौर, पाल्चोकी भगतवी, गौंराती भिमेश्वर, तपचुली, चिसापानी, धौले–सुलिकोट, ककनी, शेर्माथांग, रानी पोखरी, रैथाने पोखरी, नागी डाँडा, मेलम्ची घ्यांग जस्ता स्थानलाई समेटेर धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास गर्न लागि पर्नेछु ।
निर्वाचन क्षेत्र भित्र रहेका पुरातात्विक सम्पदा, मन्दिर, गुम्बा, चर्च लगायत साँस्कृति संरचनाको निर्माण र विकासलाई निरन्तरता दिइनेछ ।
मेलम्ची–इन्द्रावती नदी तटीय क्षेत्र संरक्षण एवं एकीकृत विकास परियोजना विकास गरी कार्यान्वयनमा ल्याइनेछ, जसबाट नदी किनाराका बस्ति, खेतियोग्य जमिन, सार्वजनिक संरचना र कृषि उद्योग पुनःस्थापित गर्न लागि पर्नेछु ।

समसामयीक सवाल ः

किसान, युवा र उद्योग व्यवसायीलाई प्रोत्सहान गर्न राष्टिय वहस मार्फत सरकारको ध्यानाकर्षण गरिनेछ,
दुःखमा साथ र सुखमा शोभा ः यथासम्भव सामाजिक भावना सहित जनप्रतिनिधि भनेको राजनीतिक अभिभावक पनि हो भन्ने मान्यतालाई आत्मसात गर्दै आवश्यकताको आधारमा नागरिकको दुःख सुखमा साथै रहनेछु ।
जिल्लाबाट विभिन्न खेलकुद कार्यक्रममा सहभागिताका लागि खेलकुद विकासका कार्यक्रम गरिनेछ । राष्टिय प्रतियोगितामा सहभागिता जनाउने चौतारा स्पोर्टिंग क्लब लगायतका महत्वपूर्ण क्लवहरुलाई प्रोत्सहान गरिनेछ ।

अन्त्यमा, एक शुद्ध राजनीतिज्ञ र समाजसेवीको रुपमा सबैलाई समेटेर अघि बढ्ने प्रण सहित प्रदेश सरकार र संसदको अनुभव तथा आफ्नो ज्ञान, क्षमता, कडा मिहिनेत र इमान्दारिताबाट सिंगो राष्ट्रको लागि सेवा गर्न र आफ्नो प्रतिनिधि बनाउन मलाइ यहि फागून २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गरिदिनु हुन सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का आदरणीय मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।

युवराज दुलाल

प्रतिनिधि सभा सदस्य उम्मेदवार

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित