- सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकाे तर्फबाट शेरबहादुरका दम्पती नै उम्मेदवार बनेका छन् । सिन्धुपाल्चोक -२ बाट प्रत्यक्षका उम्मेदवार तामाङकी पत्नी उषाकला राई पनि याे निर्वाचनमा उम्मेदवार बनेकी हुन् ।
राई समानुपातिक बन्दसूचीतर्फ आदिवासी जनजाति महिला क्लष्टरबाट उम्मेदवार बनेकी छन् ।
राई दुवै संविधानसभामा समानुपातिक प्रणालीमार्फत उम्मेदवार भएकी थिइन्। तामाङले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट २०७० को दोस्रो संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा केही समय कानून मन्त्रीसमेत भएका थिए।
२०७८ मा तत्कालीन नेकपाको विभाजन हुँदा सुरुमा प्रचण्ड–माधव समूहमा रहेका उनीहरू फागुनमा ओली समूहमा फर्किएका थिए। गत पुसमा सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा दुवै ओली खेमाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। राईले आदिवासी जनजाति महिला क्लष्टरतर्फ १८०४ मत र तामाङले खुला तर्फ १४२२ मत प्राप्त गरेका थिए।
प्रतिक्रिया
सम्बन्धित समाचार