सिन्धुपाल्चोक । नेपाली कांग्रेसबाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकका दुवै क्षेत्रमा उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर २ मा वंशलाल तामाङले उम्मेदवारी दर्ता गरेका हुन्।
कांग्रेस नेता माेहनबहादुर बस्नेतले टिकट नपाएपछि दुवै क्षेत्रमा यसपटक प्रतिनिधि सभाका लागि नयाँ अनुहारले उम्मेदवारी दर्ता गराए ।यसअघि क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेत निर्वाचित भएका थिए।
वंशलाल कांग्रेसका पुराना नेता हुन् । उनी पूर्व जिल्ला सचिव र इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् ।