काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले उपत्यकाबाहेक १० जिल्लाका उम्मेदवार सिफारिसमा संशोधनसहित केन्द्रमा पठाउने निर्णय गरेको छ । यसअघि क्षेत्रले सिफारिस गरेकाहरूमा बेही संशाेधन गरेर नाम पठाउने निर्णय गरिएको हो ।
सचिवालयको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेश अन्तर्गतका दश जिल्लामा पर्ने १८ निर्वाचन क्षेत्रका लागि सम्बन्धित जिल्ला कमिटीबाट प्राप्त सिफारिसलाई आधार मानेर केही नाम थपेको प्रदेश संयोजक महेश बस्नेतले जनाएका छन् ।
सिन्धुपाल्चोकमा निम्न नेता सिफारिसमा परेका छन् ।
सिन्धुपाल्चोकनिर्वाचन क्षेत्र नं. १
१) अरुण नेपाल
२) सरेश नेपाल
३) होमनारायण श्रेष्ठ
४) कमल नेपाल
५) बादल तामाङ
६) युद्धविक्रम तामाङ
७) सुशिला पाखिन
८) आङदोर्जे शेर्पा
निर्वाचन क्षेत्र नं. २
१) शेरबहादुर तामाङ
२) सुभाष कर्मचारी
३) हस्त पण्डित
४) गम्भीरलाल श्रेष्ठ
५) अशोक चौलागाई
६) उपेन्द्र तामाङ