काठमाडौँ । आज एक कार्यक्रमका बीच नेकपा एमाले लगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा केही नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । माओवादी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा चौताराका इश्वरी श्रेष्ठलगायत माओवादीमा प्रवेश गरेका हुन् ।
लामो समयसम्म नेकपा एमालेमा सक्रिय रहेका उनीसँगै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का पूर्व अध्यक्ष विष्णु लामा माओवादी प्रवेश गरे ।
उनीहरुसँगै स्थानीय रमेश श्रेष्ठ, सीताराम गिरी, यमबहादुर श्रेष्ठ, मेखबहादुर न्यौपाने, नारायण पहरी, सरोज लामा, पवन श्रेष्ठ, बेलबहादुर श्रेष्ठ, उद्धव ज्योति, बच्चु ज्योति, कृष्ण कुवँर, आशिष पहरी, सोममाया लामा, अशोक लामा, रमेश लामा, गंगा तामाङ, अष्टबहादुर तामाङ, संग्राम श्रेष्ठलगायत युवाहरु माओवादीमा लागेका हुन् ।
इश्वरी श्रेष्ठ यसअघि नेकपा समाजवादीमा थिए । एमालेबाट उनी समाजवादी बनेका हुन् । पछि फेरि एमालेमै फर्किएका उनी अहिले माओवादीमा प्रवेश गरे । श्रेष्ठ जिल्लाकै प्रतिष्ठित श्रीकृष्ण रत्नगंगा विद्यालयमा शिक्षकका रूपमा कार्यरत पनि भए । शिक्षणबाट अवकाशपछि एमालेभित्रका सक्रिय नेता थिए ।
पूर्वसांसद सुवास कर्माचार्यसँगै नेकपा (एस) मा समेत कृयाशील उनी पछि पुनः एमाले फर्किएर श्रीकृष्ण रत्नगंगा उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । अपहिले पछिल्लो समय उनी फेरि विद्यालयको अध्यक्षमा चुनाव लडे र जिते पनि । एमालेले उठाएको उम्मेदवारलाई पराजित गर्दे उनी अध्यक्ष भएका हुन् । उनलाई माओवादीले समर्थन गरेको थियो ।
त्यस्तै, विष्णु लामा नाम पनि राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेका व्यक्ति हुन् । उनी एमाले, माले हुँदै माओवादी प्रवेश गरेका थिए । पछि फेरि एमाले फर्किएका लामा अहिले पुनः माओवादी प्रवेश गरेका हुन