सिन्धुपाल्चोकका तामाङ बने खानेपानी मन्त्री, अरू को-को कुन मन्त्री बने ?

सिन्धुपाल्चोकका तामाङ बने खानेपानी मन्त्री, अरू को-को कुन मन्त्री बने ?

फरक पत्रिका

मंगलबार, साउन २१ २०८२

सिन्धुपाल्चोकका तामाङ बने खानेपानी मन्त्री, अरू को-को कुन मन्त्री बने ?

काठमाडौं । सिन्धुपाल्चोकबाट चुनाव जितेका कृष्णकुमार तामाङ वाग्मती प्रदेशकाे मन्त्री बनेका छन् । उनीसहित प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।
तामाङ खानेपानी मन्त्री बनेका हुन् । उनी सिन्धुपाल्चोक प्रतिनिधिसभा २ प्रदेश सभा ख बाट विजयी भएर सांसद बनेका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मंगलबार अपराह्न शपथ गराएका हुन्।
मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका हुन्।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दल नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए।
बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।
नेकपा एमालेबाट :
१.दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार
२. जयराम थापा, श्रम तथा रोजगार
३. भरतबहादुर केसी वन तथा वातावरण
४. मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री
५. विन्दु श्रेष्ठ, उद्योग मन्त्री
६. किरण थापा मगर, स्वास्थ्य मन्त्री
नेपाली कांग्रेसबाट;
१. कृष्णकुमार तामाङ, खानेपानी मन्त्री
२. शिवराज अधिकारी, मन्त्रालय तोक्न बाँकी।
कांग्रेसकाे भागमा परेका मन्त्रालयमा मन्त्री ताेक्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित