काठमाडौं । २०६४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट चुनाव जितेका राजकुमार श्रेष्ठ माओवादी केन्द्रमा पुनः सक्रिय भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी दिने गरी सक्रिय तुल्याएका हुन् ।
नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका उनी फेरि पार्टीमा जिम्मेवारी लिने गरी सक्रिय भएका हुन् । २०६४ मा माओवादीबाटै चुनावमा भाग लिएर संविधानसभा सदस्य बनेका थिए । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी दिने गरी सक्रिय तुल्याएको उनको सचिवालयले जानकारी दिएको छ।