काठमाडौं। आज असार १९ गते बिहीबार दोलखा, सिन्धुपाल्चोकमा आकस्मिक बाढीको सम्भावना उच्च रहने पूर्वानुमान छ । यी दुई जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने पूर्वानुमान गरिएको हो।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३१ जिल्लामा बाढीको जोखिम र २१ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ ।
यस्तै काभ्रेपलाञ्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम पश्चिम, सल्यान, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने पूर्वानुमान छ । यी २१ जिल्लामा एल्लो अलर्ट जारी गरिएको छ ।
साथै ताप्लेजुङ, संखुवासभा, बागलुङ, पर्वत, रोल्पा, दैलेख, अछाम, कालिकोट, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
यस्तै आज ९ ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।