काठमाडौं । ३९ स्थानीय तहले सयमसीमाभित्रै आगामी वर्षको बजेट ल्याउन सकेनन् । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका समेत गरी ३९ स्थानीय तहले १० असारभित्र बजेट ल्याउन नसकेका हुन् । यो सूचीमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका पनि रहेको छ । बजेट नल्याउने स्थानीय हले कानुनी प्रावधान उल्लंघन गरे ।
सिन्धुपाल्चोकका सुनकोशी गाउँपालिकाबाहेक सबै स्थानीय तहले बजेट सार्वजनिक गरे ।
बजेट नल्याउने १५ गाउँपालिका र २४ नगरपालिका रहेका छन् । देशभर रहेका २९३ नगरपालिकामध्ये २६९ नगरपालिकामा १० असारभित्रै बजेट सार्वजनिक गरिएको छ ।
यसरी बजेट ल्याउन नसकेका नगरपालिकामध्ये कोशीमा धरान उपमहानरपालिका एक मात्र हो । बजेट ल्याउन नसकेका मधेशका १६ नगरपालिका छन् ।
जसमा धनुषाका नगराइन नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिका रहेका छन् ।
सप्तरीका डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, शुरुङ्गा नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा समेत बजेट आउन सकेन ।
महोत्तरीको औरही, रौटहतको वृन्दावन नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा समेत बजेट आएन । बाराको निजगढले पनि आगामी आवको बजेट ल्याउन सकेन ।
बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, नुवाकोटको विदुर नगरपालिका, काभ्रेको पनौती नगरपालिका र चितवनको राप्ती नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेनन् ।
गण्डकीका सबै नगरपालिकाले निर्धारित मितिमै बजेट ल्याए । लुम्बिनीमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा बजेट आएन । कर्णालीमा डोल्पाको सिद्धार्थनगर नगरपालिकामा बजेट आएन ।
गाउँपालिकातर्फ १५ स्थानीय तहले बजेट ल्याउन सकेनन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार ४ सय ६० गाउँपालिकामध्ये ४४५ गाउँपालिकामा बजेट आएको छ । १५ गाउँपालिकामध्ये कोशीका सबै गाउँपालिकामा बजेट आएको छ । मधेशका ९ गाउँपालिकाले बजेट ल्याउन सकेनन् ।
बागमतीमा १, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ गाउँपालिकामा बजेट आएन । सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकामा बजेट आएको छ ।