विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका बालसुन्दर र चण्डिकाले युवासँग पैसा लिएपछि…

विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका बालसुन्दर र चण्डिकाले युवासँग पैसा लिएपछि…

फरक पत्रिका

बुधबार, जेष्ठ २९ २०८२

विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका बालसुन्दर र चण्डिकाले युवासँग पैसा लिएपछि…

काठमाडौं । वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङजा घर भई ललितपुर बस्ने ६० वर्षीय लक्ष्मण चापागाईँ, सप्तरी घर भई काठमाडौं बस्ने ३९ वर्षीय अशोक मण्डल, सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं.० घर भई काठमाडौं नै बस्ने २० वर्षीय बालसुन्दर भारती र सिन्धुपाल्चोक लिसंखु पाखर गा.पा. वडा  नं.०३ घर भई काठमाडौं बस्ने २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लक्ष्मण चापागाईँले युके पठाउने भन्दै पाँच लाख, शोक मण्डलले मलेसिया पठाउने भन्दै छ लाख, बाल सुन्दर भारतीले पोर्चुगल पठाउने भन्दै तीन लाख र चण्डिका उप्रेतीले न्युजिल्याण्ड पठाउने भन्दै ५० हजार रुपैयाँ लिएर नपठाएको भन्ने पीडितको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित