इन्डोनेसियाको क्लबमा झडप र आगलागीमा १९ को मृत्यु

इन्डोनेसियाको क्लबमा झडप र आगलागीमा १९ को मृत्यु

फरक पत्रिका

मंगलबार, माघ ११ २०७८

इन्डोनेसियाको क्लबमा झडप र आगलागीमा १९ को मृत्यु

जकार्ता: इन्डोनेसियाको पपुवा प्रान्तको सोरोङस्थित डबल ओ नाइट क्लबमा दुई समूहबीच झगडा भएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ।

पपुवा प्रहरीका प्रवक्ता आदम एरविन्डीले ज्यान गुमाउनेमा सोमबार क्लबमा झगडा गर्ने एकजना भएको मेट्रो टिभीलाई बताए। बाँकी १८ जनाको मृत्यु आगलागीमा परी भएको बताइएको छ।

झगडा हुनुको कारणका साथै आगो लगाइएको थियो वा दुर्घटनावश लागेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

पुलिस अधिकारीहरूले स्थिति स्पष्ट गर्न दुबै समूहका प्रमुख व्यक्तिहरूलाई पनि सोधपुछ गरिरहेको एरविन्डीले जानकारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित