रुमालको पोकोभित्र डलर आकारका कागज दिएर सिन्धुपाल्चोकका ताराले पारे ३० लाख झ्वाम्

रुमालको पोकोभित्र डलर आकारका कागज दिएर सिन्धुपाल्चोकका ताराले पारे ३० लाख झ्वाम्

फरक पत्रिका

मंगलबार, जेष्ठ २१ २०८२

रुमालको पोकोभित्र डलर आकारका कागज दिएर सिन्धुपाल्चोकका ताराले पारे ३० लाख झ्वाम्

काठमाडौँ । सस्तोमा अमेरिकी डलर सट्टा गर्ने भन्दै डलर देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ घर भएका ताराबहादुर तामाङ रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर चाँगुनारायण नपा ३ दुवाकोटबाट पक्राउ गरेको हो ।

ताराले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नपा ३ ढोडेनी स्थित विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर सट्टा गर्ने भनी ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली तीस लाख रुपियाँ ठगी गरेका थिए ।

आरोपी तामाङ माथि थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित