काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्त अग्निप्रसाद सापकोटाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् । पार्टीको आज बसेको बैठकले मन्त्री लेखकले स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको बताउँदै यस्तो बताएका हुन् ।
आज माओवादी केन्द्रको पदात्रिकारीहरुके बैठक बसेको थियो । उक्त बैठकको निर्णय सुनाउँदै उपाध्यक्ष सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
पछिल्ला घटनाक्रममा भिजिट भिसामा विदेश पठाउने काममा मन्त्रालयका कर्मचारी जोडिएको विषय चर्चामा छ ।

अध्यागमनमार्फत गृहको सचिवालयका कर्मचारी मुछिएको भन्ने बारेसमेत अख्तियारले बाहिर ल्याउने् तयारी गरिरहेको आवाज सर्वत्र छ । यस्तो हुँदा छानबिनका लागि मन्त्री लेखकले राजीनामा दिनुको विकल्प नभएको माओवादी केन्द्रको बैठकमा छलफल चलेको उनले बताए ।