काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ। भिजिट भिसा प्रकरणको असरबाट अध्यगमनबाट धमाधम कर्मचाी सरुवा गएिको हो ।
गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि सरुवाको चलखेल भएको स्रोतको दाबी छ । मन्त्रालयले दुई चरणमा गरेर कर्मचारीको सरुवा गरेको हो । यसअघि यसअघि उपसचिव तीर्थराज भट्टराईलाई सरुवा गरेको थियो । शुक्रबार थप १४ कर्मचारी सरुवा गरेको जनाइएको छ । जसमा अध्यागमन कार्यालयका नायब सुब्बा सुबराज श्रेष्ठ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सवा भएका छन् ।
शुक्रबार सरुवा हुनेमा नायब सुब्बा र कम्प्युटर अप्रेटर छन् । अख्तियारले आयोगमा भएका कम्प्युटरलगायत विभिन्न डिभाइसहरू यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।