क्रिकेट विश्वकप लिग–२ : स्कटल्याण्डमा खेल्ने नेपाली टोलीमा को-को छन् ?

क्रिकेट विश्वकप लिग–२ : स्कटल्याण्डमा खेल्ने नेपाली टोलीमा को-को छन् ?

फरक पत्रिका

आइतबार, बैशाख २८ २०८२

क्रिकेट विश्वकप लिग–२ : स्कटल्याण्डमा खेल्ने नेपाली टोलीमा को-को छन् ?

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा गरिएको छ ।

 

नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा स्कटल्याण्डका लागि टोली घोषणा गरेका हुन् ।

 

दीपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाउँदा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, आसिफ शेख र अनिल कुमार शाह, अलराउन्डर गुलशन झा र बसीर अहमद र सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग–२ अन्तर्गत सिरिज पछि हुने टि–२० आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा अटाएका छन ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । लिग– २ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।

यो सामग्रीमा यसअघि भुलवस गलत फोटो परेकामा सच्याएका छौं-सम्पादक

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित