स्थानीय तहको निर्वाचन गर्न देउवाको आनाकानी, आयोगले गरायो पुनः ध्यानाकर्षण

स्थानीय तहको निर्वाचन गर्न देउवाको आनाकानी, आयोगले गरायो पुनः ध्यानाकर्षण

फरक पत्रिका

मंगलबार, माघ ११ २०७८

स्थानीय तहको निर्वाचन गर्न देउवाको आनाकानी, आयोगले गरायो पुनः ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न आग्रह गरेको हो ।

यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेर आयोगले दिएको जानकारी अनुसार१४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न आयोगको तर्फबाट प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित