एसइई सुरू, पाँच लाख १४ हजार विद्यार्थी सहभागी 

एसइई सुरू, पाँच लाख १४ हजार विद्यार्थी सहभागी 

फरक पत्रिका

बिहिबार, चैत्र ६ २०८१

एसइई सुरू, पाँच लाख १४ हजार विद्यार्थी सहभागी 

काठमाडौं। यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।

 

यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन ।

 

एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ ।

 

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित