लेखक तथा राजनीतिक विष्लेषक सुदर्शन आचार्य सम्मानित

लेखक तथा राजनीतिक विष्लेषक सुदर्शन आचार्य सम्मानित

फरक पत्रिका

सोमबार, माघ २८ २०८१

लेखक तथा राजनीतिक विष्लेषक सुदर्शन आचार्य सम्मानित

काठमाडौं । वरिष्ठ पत्रकार सुदर्शन आचार्य सम्मानित भएका छन् । लेखक तथा राजनीतिक विष्लेषक सिन्धुपाल्चोक भाेटसिपाका आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान गरेको हो ।

आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष हुन् । नेपाल प्रेस युनियनमा आवद्ध उनलाई सिन्धुपाल्चोकवासीले अग्रज तथा अभिभावक पत्रकारका रूपमा लिने गरेका छन् ।
उनीसहित चार जनालाई पुरस्कृत गरिएको छ । आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्यलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पुर्‍याएकोमा पुरस्कार प्रदान गरेको हो ।

त्यस्तै कान्तिपुर टेलिभिजनका रमेश धमला, नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र नयाँ पत्रिका दैनिकका नवराज मैनालीलाई सुशासन पुरस्कारबाट पुरस्कृत गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल, नक्सालमा भएको उक्त कार्यक्रममा सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरेका हुन्।

दिवसकै अवसरमा अख्तियारले उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा दुई अधिकृत र एकजना अधिकृतलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षभरि भएका अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत उपसचिव विष्णुराज बेलबासे र प्रहरी नायब उपरीक्षक (डिएसपी) कमलकुमार खड्कालाई उत्कृष्ट अनुसन्धान अधिकृत र नापी अधिकृत रुबिना शाहीलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित