काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले यस्तो प्रस्ताव ल्याएका हुन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न सोध्ने क्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभा -१ बाट जितेका सांसद सापकोटाले मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका हुन् ।
उनले प्रश्न गरे-यसलाई परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राखेर सोहीअनुसार काम गर्न ढिला भएन र मन्त्रीज्यू ?’