सुकुटे आएर प्रचण्डले गरे सरकार ढल्ने ठोकुवा

सुकुटे आएर प्रचण्डले गरे सरकार ढल्ने ठोकुवा

फरक पत्रिका

मंगलबार, माघ १ २०८१

सुकुटे आएर प्रचण्डले गरे सरकार ढल्ने ठोकुवा

सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री एवं कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार तत्काल ढल्ने ठोकुवा गरेका छन् । आज सिन्धुपाल्चोकको पर्यटकीयस्थल सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् ।

बिच भलिवल प्रतियोगिता उद्घाटन गर्न यहाँ आइपुगेका उनले प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकार अपारदर्शी रहेकोसमेत आराेप लगाए ।

कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेकोसमेत उनको भनाइ छ । ‘यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ,’उनले भने ।
सिन्धुपाल्चोकको प्रत्येक विपद्‍मा आफू साथमा रहेको र तातोपानी नाकालाई अझै सहज बनाउन चीनका राष्ट्रपति सी चिनफिङसँग तीन पटक सिधै कुरा गरेको उनले बताए । अरनिको र कोदारी राजमार्ग को जीर्ण अवस्था देखेर सुकुटे आएलगत्तै भौतिक तथा योजना मन्त्रालयमा कुरा गरेको र मन्त्रालयले चाँडै सडक स्तरोन्नति गर्ने प्रतिबद्वता गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित