कात्तिक ५ गतेबाट चौथो संस्करणको मालिकादेवी कप हुँदै

कात्तिक ५ गतेबाट चौथो संस्करणको मालिकादेवी कप हुँदै

फरक पत्रिका

सोमबार, असोज १४ २०८१

कात्तिक ५ गतेबाट चौथो संस्करणको मालिकादेवी कप हुँदै

सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप आगामी कात्तिक ५ गतेबाट सञ्चालन हुने भएको छ । चाडपर्व लक्षित गरि मेलचौर युवा जागरण समाजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठको अवसरमा यो वर्ष पनि खुला ७ए साइड फुटबल प्रतियोगिता आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा सातासम्म सञ्चालन हुनेछ ।

जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले प्रतियोगिताको बिजेता टोलीले १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाउने जानकारी दिए।

प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक जागरण समाजले जानकारी दिएको छ ।

प्रतियोगितामा सिन्धुपाल्चोकसहित अन्य जिल्लाका टोलीले भाग लिन सक्ने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार टीम दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने छ । कात्तिक ३ गतेसम्म टीम दर्ता गर्न सकिने छ भने ४ गते खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितालाई सफल बनाउन आवश्यक तयारी सुरु गरिएको जागरण समाजका उपाध्यक्ष खिलबहादुर दङ्गालले जनाए । प्रतियोगितालाई चौतारा साँगाचोमगढी नगरपालिका, नगरका वडा नं. ७ र ८ कार्यालय, नेपाल हिल्फे बाइलिङग्रिस, जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघले सघाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित