चाैतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको १६ नगरसभामा प्रस्तुत आर्थिक बर्ष ८१।८२ को बजेट,नीति तथा कार्यक्रम आज बुधवार पारित गरिएको छ । नगरसभाबाट होहल्लाकावीच बहुमतले बजेट पारित गरिएको हो । नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नारावाजी भैरहँदा बजेट पारित भएको घोषणा गरेका थिए । भौतिक पूर्वाधार तर्फको बजेट ब्रेक डाउन गरिनुपर्ने र बहुमतको आधारमा पेलेर जान खोजेको भन्दै काँग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बिरोध जनाए । सो क्रममा वडा नं ३ का वडाध्यक्ष टेकवहादुर तामाङमाथि हातपात भएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । नगरसभामा बजेट पारित गर्न लाग्दा दुवै पक्षवीच धकेलाधकेल भएको थियो । सभामा केहिबेर तनावपूणर् स्थिती सृजना भएको थियो । १६ औ नगर सभामा नगर प्रमुख सापकोटा,उपप्रमुख सिता थापा,प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, कार्यपालिका सदस्यका साथै पत्रकारहरु सहभागी थिए । झडपको अवस्था निम्तिएपछि प्रहरीलाई बोलाएर तैनाथ राखिएको थियो ।