प्रधानमन्त्री देउवा होम-आइसोलेसनमा

प्रधानमन्त्री देउवा होम-आइसोलेसनमा

फरक पत्रिका

शनिबार, पौस २४ २०७८

प्रधानमन्त्री देउवा होम-आइसोलेसनमा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होम-आइसोलेसनमा बसेका छन्। उनको सचिवालयका अनुसार आजदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण  पुष्टि भएको छ। रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित