इलाम २: स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहले १०३२ मत पाउँदा एमालेका सुहाङलाई ६९ मात्रै घण्टीको ३ मत

इलाम २: स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहले १०३२ मत पाउँदा एमालेका सुहाङलाई ६९ मात्रै घण्टीको ३ मत

फरक पत्रिका

सोमबार, बैशाख १७ २०८१

इलाम २: स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहले १०३२ मत पाउँदा एमालेका सुहाङलाई ६९ मात्रै घण्टीको ३ मत

इलाम । प्रतिनिधिसभा अन्तरगत ईलाम-२ मा शनिबार मतदान भएको थियो । सो मतदानको अहिले मतगणना जारी छ ।
यो क्षेत्रमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिईरहेका छन् । उनलाई कांग्रेसका डम्बर खड्काले पछ्याइरहेका छन् ।
तेस्राेमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् भने चाैथाेमा रमस्वपाका मिलन लिम्बु रहेका छन् ।
इलामको माङ्सेवुङको ५ नम्बरको नतिजा अप्रत्याशित आएको छ । यहाँ स्वतन्त्र उम्मेद्वार  डकेन्द्रसिंहले १ हजार ३२ मत पाएका छन् । जबकि यहाँ १ हजार १९३ मतगणना भएको थियो ।

यहाँ अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेनन्

एमालेका  सुहाङ नेम्वाङले ६९ मत पाउँदा नेपाली कांग्रेसका उमेदवार डम्बर खड्काले ४९ मत प्राप्त गरे । रास्वपा उमेदवार मिलन लिम्बूले ३ मत पाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित