बझाङ। बझाङ- १ को प्रदेश सभा क मा भएको मतदानअन्तर्गत मतगणना जारी छ। नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी अगाडि नै छन् । एमालेका भण्डारीले चार हजार १५८ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछाडि पारेका छन्। तर, कांग्रेसले पछिल्लो मतगणनामा मतान्तर घटाउँदै लगेकाे छ ।
आइतबार राति ११ बजेसम्म सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ ‘क’ मा नेपाली कांग्रेसले तीन हजार ५सय मत कटाएको छ ।
कांग्रेसका अभिषेकबहादुर सिंह तीनहजार ५९० मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले दुईहजार ९६ मत पाएका छन् ।