इलाम । इलाम- २ को उपनिर्वाचनअन्तर्गत शनिबार भएको मतदानको मतगणना जारी छ । अहिले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको १००१ मतान्तरले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पुर्याएका छन् । उनका प्रतिद्वन्द्वी खड्काले २७८२ मत पाए । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा योे नतिजा आएको हो ।
पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७८४ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी भने चौथो स्थानमा छ । रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।