इढलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गतमतगणना जारी छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न हुँदा एमालेका सुहाङ नेम्वाङ अघि लागेका छन् ।
तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् ।
सुहाङले ३४६ मतले अग्रता लिएका छन् ।
हालसम्म पाँच हजार ८६८ मत गणना भएको छ । जसमध्ये पहिलो दल एमालेले २,५४२ , दोस्रो दल कांग्रेसले २,१९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।