खुला केन्द्रीय सदस्यको मतगणना सकियो, यी हुन् विजयी उम्मेदवार

खुला केन्द्रीय सदस्यको मतगणना सकियो, यी हुन् विजयी उम्मेदवार

फरक पत्रिका

आइतबार, पौस ४ २०७८

खुला केन्द्रीय सदस्यको मतगणना सकियो, यी हुन् विजयी उम्मेदवार

काठमाडौँ – नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

नेपाली कांग्रेसको खुला ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार आउने देखिएको छ । अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहारले केन्द्रीय सदस्यमा प्रतिनिधित्व जनाउने देखिएको हो ।

मतपरिणाम सार्वजनिक भइसकेको ३५९५ को मतगणनाअनुसार ३५ जनाको लिस्टभित्र उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, अजयबाबु सिवाकोटी, मोहन आचार्य, गणेश लामा, उमेशजंग रायमाझी र कृष्णकिशोर घिमिरे अटाएका छन् ।

साथै टप ४० भित्र रहेर ३५ जनाको लिस्ट उक्लिने गरी मनोजमणि आचार्य, विरेन्द्रकुमार कनौडिया, केदार कार्की, मंगलप्रसाद थारू र यज्ञबहादुर थापाले पछ्याइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित