एमसीसीबारे अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन

एमसीसीबारे अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन

फरक पत्रिका

आइतबार, पौस ४ २०७८

एमसीसीबारे अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौँ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी)बारे अध्ययन गर्न कार्यदल गठन भएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल छन् । कार्यदलले एमसीसीका बुँदा–बुँदामा छलफल गर्नेछ । साथै, एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने बताइएको छ ।
नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले अहिलेको अवस्थामा एमसीसी राष्ट्रको पक्षमा नभएको हुँदा पारित नहुने बताएको नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित