बहुप्रतिक्षित चलचित्र ‘पुष्पा’ संसारभरका ४ हजारभन्दा धेरै हलमा प्रदर्शन हुँदै

बहुप्रतिक्षित चलचित्र ‘पुष्पा’ संसारभरका ४ हजारभन्दा धेरै हलमा प्रदर्शन हुँदै

फरक पत्रिका

शुक्रबार, पौस २ २०७८

बहुप्रतिक्षित चलचित्र ‘पुष्पा’ संसारभरका ४ हजारभन्दा धेरै हलमा प्रदर्शन हुँदै

काठमाडौं । अल्लु अर्जुन स्टारर बहुप्रतिक्षित चलचित्र ‘पुष्पा’ भोलिदेखि संसारभरका ४ हजारभन्दा धेरै हलमा प्रदर्शन हुँदैछ । यो चलचित्र नेपालमा पनि प्रर्दशन हुनेवाला छ । साउथ इण्डियन चलचित्र पुष्पाले नेपालका एक सय हाराहारी हलमा प्रदर्शन हुने अवसर पाएको छ । यो चलचित्रलाई साउथ, हिन्दीसमेत गरी ५ भाषामा रिलिज गरिँदैछ ।

सुकुमारको निर्देशनमा बनेको चलचित्रमा अल्लु अर्जुनले पुष्पा राजको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको अपोजिटमा रश्मिका मन्डाना देखा पर्नेछिन् । अल्लु र रश्मिका पहिलोपटक एकै फिल्ममा देखा पर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित