• ट्रेण्डिङ :

`फिर्ती´ लिएर आए मणि

`फिर्ती´ लिएर आए मणि

फरक पत्रिका

शुक्रबार, चैत्र ९ २०८०

`फिर्ती´ लिएर आए मणि

गैंडाकोट । लेखक मणि अर्यालको नयाँ पुस्तक `फिर्ती´ उपन्यास सार्वजनिक भएको छ । सम्पूर्ण किताबको आयोजनामा भएको कार्यक्रममा कविवर गोविन्दराज विनोदी, लेखकका मातापिता पुरुषोत्तम अर्याल र हेमकुमारी अर्याल, समीक्षक उदय अधिकारी, प्रतिमा सिलवाल र लेखराम सापकोटाले पुस्तक विमोचन गरेका हुन् ।

भरतपुर-१०, चितवनमा जन्मिएका मणि अर्याल हाल बाँकेको खजुरामा स्थायी बसोबास गर्छन् । सफल गीतकारको परिचय बनाएका अर्यालका आधा दर्जनभन्दा बढी म्युजिक भिडियो युट्युबमा उपलब्ध छन् ।

आफ्नो पहिलो आख्यान फिर्ती पाठकसामु ल्याएका अर्यालको यसअघि कुटी निबन्धसङ्ग्रह प्रकाशित छ । गीत, निबन्ध र आख्यानमा कलम चलाउने अर्याल नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका सदस्य हुन् ।

समीक्षक उदय अधिकारी र प्रतिमा सिलवालले विभिन्न बाध्यतामा विदेशिएकाहरूको कथा, व्यथा समेटिएको फिर्ती सरल भाषामा लेखिएको ओजपूर्ण उपन्यास भएको बताए । कार्यक्रममा रमेश प्रभात, रेशम बिरही र सूर्यप्रकाश कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित