सिन्धुपाल्चोक । आउँदो चैत ९ र १० मा हुन लागेको व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचन झनै रोचक बन्दै गएको छ । तीन वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा नेतृत्वका लागि तीन जना चुनावी मैदानमा ओलिएसँगै अधिवेशन थप रोचकमा पुगेको हो ।
संघको ११ औँ अधिवेशन तथा २८ औँ साधारणसभा हुन लागेको छ । संघको नेतृत्व आफ्नो पक्षमा पार्न अहिले उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । अध्यक्षमा शम्भुबहादुर तिमल्सिना, बुद्धराज बस्नेत र सुमन खत्रीले मनोनयन दर्ता गराएका छन् । उनीहरु मतदातासामू पुगिरहेका छन् ।
पार्टीका हिसाबले तीनै उम्मेदवार नेपाली कांग्रेसमा आस्था राख्छन् । तिमिल्सिना नेपाली काँग्रेस बाह्रविसे नगर समितिका सभापतिसमेत हुन् ।
संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदका लागि आगामी १० गते निर्वाचन हुने कार्यक्रम तय भएको छ । अ
४ पदाधिकारी तथा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष बिचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भए । त्यस्तै महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ दुवैजना निर्विरोध निर्वाचित भएका छन् । बाँकी ४० जनाको मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन् ।