काठमाडौं । नेपालकै पहिलाे मनकामना केबलकार आज एक दिनका लागि बन्द गरिएको छ ।
नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि kebulkarनियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ।
गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो।