काठमाडौँमा सक्रिय संक्रमित कति छन् ?

काठमाडौँमा सक्रिय संक्रमित कति छन् ?

फरक पत्रिका

सोमबार, फाल्गुन २ २०७८

काठमाडौँमा सक्रिय संक्रमित कति छन् ?

काठमाडौँ–  उपत्यकामा आइतबार कोभिड-१९ का १५० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९७, ललितपुरमा ४४ र भक्तपुरमा ९ जना थपिएका हुन् ।

पछिल्लो केही सातादेखि मुलुकभर लगायत उपत्यकामा निरन्तर संक्रमणदर ओरालो लाग्दै गएको छ । ओमिक्रोन भेरियन्ट देखिएसँगै संक्रमितको संख्या बढेको थियो ।

काठमाडौँमा सक्रिय संक्रमित ५ हजार ६११ जना छन् । संक्रमणमुक्त ३ लाख १३ हजार ९२३, मृत्यु २२९५, भक्तपुरमा सक्रिय संक्रमित १२५३, संक्रमणमुक्त ३६ हजार २५६, मृत्यु ४४७ र कुल संक्रमित ३७ हजार ९५६ जना छन् ।

त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार ८०३, संक्रमणमुक्त ६२ हजार ८१, मृत्यु ७४३ र कुल संक्रमित ६५ हजार ६२७ जना छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित