याम्बालिङ हाइड्रोपावरको आइपीओ खुल्यो, सिन्धुपाल्चोकका कस-कसले भर्न पाउँछन् ?

याम्बालिङ हाइड्रोपावरको आइपीओ खुल्यो, सिन्धुपाल्चोकका कस-कसले भर्न पाउँछन् ?

फरक पत्रिका

आइतबार, चैत्र ८ २०८२

याम्बालिङ हाइड्रोपावरको आइपीओ खुल्यो, सिन्धुपाल्चोकका कस-कसले भर्न पाउँछन् ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ७.२७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको याम्बालिङ हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि प्राथमिक सेयर आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा सेयर जारी गरेको हो।

कुल ७० करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले त्यसको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा अहिले ९ लाख १० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ।

आयोजनाबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं। १ देखि ७ सम्मका बासिन्दाहरूका लागि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता सेयर छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीयले अधिकतम ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूले २१ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको यस निष्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने स्थानीयका लागि छिटोमा चैत २२ र ढिलोमा २०८३ वैशाख ७ गतेसम्मको समय तोकिएको छ।

केयर रेटिङ नेपालले यस कम्पनीलाई ुकेयरएनपी डबल बी माइनसु रेटिङ प्रदान गरेको छ। जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। याम्बालिङ खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ रहेको छ भने यसको लगानी फिर्ता हुने साधारण अवधि १०.७६ वर्ष अनुमान गरिएको छ।

स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा वा सी(आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीले मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित