धुलिखेल–खावा सडक खण्ड दुई साताका लागि बन्द

धुलिखेल–खावा सडक खण्ड दुई साताका लागि बन्द

फरक पत्रिका

शनिबार, फाल्गुन ३० २०८२

धुलिखेल–खावा सडक खण्ड दुई साताका लागि बन्द

काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डमा सवारीसाधन आवागमन दुई साताका लागि बन्द गरिन लागिएको छ । सडक स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिन लागिएको हो।
सडक पक्की बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधन बन्द गरिएको हो । कच्ची सडक हुँदा यहाँ हिलाम्मे र धुलाम्मेले यात्रु मर्कामा थिए । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो । यो सँगै अब यो सडकखण्ड कालोपत्र हुने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको हो ।
उक्त सडकखण्ड कालोपत्रका लागि आगामी चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएका उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधन चल्न रोक लगाइने भएको छ।

यस्तै उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

यसैगरी टिपर र ट्रकलगायत ९पास लिएकासमेत०मालबाहक सवारीका साधनलाई चौबिसै घन्टा चलाउन रोक लगाइएको हो।

उक्त सडकखण्डमा निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित