• ट्रेण्डिङ :

थप १ हजार १ सय २७ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

थप १ हजार १ सय २७ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

फरक पत्रिका

शुक्रबार, माघ २८ २०७८

थप १ हजार १ सय २७ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

काठमाडौँ – काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९७३ जनामा पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित