देशभरबाट २२३८ संक्रमित निको,१२ को मृत्यु

देशभरबाट २२३८ संक्रमित निको,१२ को मृत्यु

फरक पत्रिका

बिहिबार, माघ २७ २०७८

देशभरबाट २२३८ संक्रमित निको,१२ को मृत्यु

काठमाडौँ- देशभर बिहीबार १३६९ कोभिड-१९ संक्रमितको संख्या थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ८८० जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा २२३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ३० हजार ६०७ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी आज १२ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ८६४ संक्रमितको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २९ हजार ४ जना छन् ।

२४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित