काठमाडौँ- देशभर बिहीबार १३६९ कोभिड-१९ संक्रमितको संख्या थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ८८० जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा २२३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ३० हजार ६०७ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी आज १२ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ८६४ संक्रमितको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २९ हजार ४ जना छन् ।
२४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।