स्तराेन्नति हुँदै मेलम्चीको मुहान पुग्ने सडक, सरकारसँग सहमति हिजो-टेण्डर आव्हान आजै

स्तराेन्नति हुँदै मेलम्चीको मुहान पुग्ने सडक, सरकारसँग सहमति हिजो-टेण्डर आव्हान आजै

फरक पत्रिका

बुधबार, कार्तिक २७ २०८२

स्तराेन्नति हुँदै मेलम्चीको मुहान पुग्ने सडक, सरकारसँग सहमति हिजो-टेण्डर आव्हान आजै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति हुने भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन क्रममा बुधबार टेन्डर आह्वान गरिएको हो  ।
मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडकखण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन प्याकेजमा विभाजन गरी टेन्डर गरिएको छ ।सडक डिभिजन कार्यालय चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरेको हो ।
हिजो मात्रै मेलम्चीवासीसँग सरकारकाे यस्तो सहमति भएको थियो । सहमतिअनुसार आजै टेण्डर आव्हान भएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर सरकार र मेलम्चीवासीबीच सहमति जुटेको थियो । सहमति अनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित