मेलम्चीको पानी काठमाडौं पथान्तरणमा राेक, यस्ता छन् स्थानीयका माग

मेलम्चीको पानी काठमाडौं पथान्तरणमा राेक, यस्ता छन् स्थानीयका माग

फरक पत्रिका

सोमबार, कार्तिक २५ २०८२

मेलम्चीको पानी काठमाडौं पथान्तरणमा राेक, यस्ता छन् स्थानीयका माग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बुका स्थानीयले मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका छन् ।

आफ्ना मागहरू पूरा नभएको भन्दै हेलम्बु गाउँपालिकाका स्थानीयले पानी पथान्तरणमा रोक लगाएका हुन् । पटक-पटक भएका सम्झौता पूरा नभएको विरोधमा पानी बन्द गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।

२०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति र तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो ।नेपाली कांग्रेस हेलम्बुका सचिव राजकुमार भण्डारीका अनुसार यसै विषयमा आज खानेपानी मन्त्रालयमा वार्ता हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित