भोलिबाट गौराति मेला, नेपाल आइडल गंगा सोनामसहितले प्रस्तुति दिने

भोलिबाट गौराति मेला, नेपाल आइडल गंगा सोनामसहितले प्रस्तुति दिने

फरक पत्रिका

मंगलबार, कार्तिक १९ २०८२

भोलिबाट गौराति मेला, नेपाल आइडल गंगा सोनामसहितले प्रस्तुति दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तब्य गौरातिमा नेपाल आइडल सिजन ६ की बिजेता गंगा सोनाम आउँदैछिन् । गौराती भिमसेन मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि उनी आउन लागेकी हुन् । गौराति मेला भोलि (कात्तिक १९ गते) बाट सुरु हुँदैछ ।

मेलामा नेपाल आइडल सिन्धुपाल्चोक भोटसिपाकी गंगासहित रामकुमार नेपाली, विश्व दोङ, सपना गुरुङ, रञ्जित वाइबा, सुमिना लोलगायतका कलाकारले प्रस्ुतति दिनेछन् ।

उक्त मेलामा चौतारा सागाचोकगढि नगरपालिकाको समन्वय ,चौतारा सागाचोकगढि नगरपालिका वडा न ६ को सहयोग र गौराति भिमसेन युथ क्लबको आयोजनामा ख्यातिप्राप्त कलाकारबाट वृहत सास्कृतिक कार्यक्रम समेत हुनेछ ।

साथै स्थनीय कलाकार हरुको समेत बेजोड प्रस्तुति रहने गौराती भिमसेन युथ क्लबले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित