बाढीले सिन्धुपाल्चोकका चार जलविद्युत आयोजनामा क्षति

बाढीले सिन्धुपाल्चोकका चार जलविद्युत आयोजनामा क्षति

फरक पत्रिका

मंगलबार, असोज २१ २०८२

बाढीले सिन्धुपाल्चोकका चार जलविद्युत आयोजनामा क्षति

सिन्धुपाल्चोक । असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण सिन्धुपालचोकका जलविद्युत आयोजनामा क्षति पुगेको छ । जिल्लामा निर्माणाधिन चार आयोजना प्रभावित भएका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संकलन गरेको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको हो। जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ।
सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरूसम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित