सिन्धुपाल्चोक । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी जाने भएको छ। वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा लैजान नसकिएको हो ।
अझैसम्म वर्षा भइरहेकाले काठमाडौं लैजान समस्या भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पानीको बहाब घटेको छैन। बहाब घटेपछि पानी लैजाने तयारी छ।
केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाउन समस्या भएको हो ।
मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौँमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दैनिक रुपमा ६ देखि ७ करोड लिटर पानी पथान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको छ ।