खु्ल्यो कोदारी राजमार्ग, सञ्चालनमा आयो तातोपानी नाका

खु्ल्यो कोदारी राजमार्ग, सञ्चालनमा आयो तातोपानी नाका

फरक पत्रिका

बिहिबार, भाद्र ५ २०८२

खु्ल्यो कोदारी राजमार्ग, सञ्चालनमा आयो तातोपानी नाका

सिन्धुपाल्चोक । साउन १८ गते इकुमा गएको पहिराेले अवरुद्घ कोदारी राजमार्ग खुलेको छ । लामाे प्रयासपछि पहिराे पन्छाएपछि सडक एकतर्फी रूपमा खुलेको  हो ।

पहिरो व्यवस्थापन गर्न १५ दिन लाग्ने भनिए पनि एक सातामै मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बुधबार साँझदेखि सञ्चालनमा आएको बताए । सडक सञ्चालनमा आएसँगेे आजदेखि ठुला कन्टेनरहरू पनि आइरहेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा साउन १८ गते खसेको पहिरोले करिब २५० मिटर सडक प्रभावित भएको थियो । जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त थियो । उक्त पहिरो व्यवस्थापनसँगै तातोपानी नाका सञ्चालनमा आएको छ  । साथै तातोपानी नाका हुँदै चीनबाट आयात गरी ल्याइएका मालवस्तुसहित कन्टेनरहरू नेपाल आउन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित