रसुवामा फसेका १७३ जनालाई तातोपानी नाका हुँदै नेपाल फर्काइयो

रसुवामा फसेका १७३ जनालाई तातोपानी नाका हुँदै नेपाल फर्काइयो

फरक पत्रिका

बुधबार, साउन २९ २०८२

रसुवामा फसेका १७३ जनालाई तातोपानी नाका हुँदै नेपाल फर्काइयो

सिन्धुपाल्चोक । भोटेकोशीको बाढीले रसुवाको मितेरी पुल बगाएपछि घर फर्कन नपाएका १७३ जना नेपालीलाई बुधबार तातोपानी नाका हुँदै उद्धार गरेर नेपालमा ल्याइएक‍ो छ ।
तातोपानी नाकामा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, उपाध्यक्ष सुजित बस्नेत, महासचिव रामचन्द्र पराजुली, सचीव आङदोर्जे शेर्पा, सुब्बा श्रेष्ठ,कोषाध्यक्ष सिद्धान्त बस्नेतलगायतले उद्धार गरिएकालाई मितेरी पुलमा स्वागत गरेका थिए ।
‘उद्धार गरिएकाका लागि राजधानीसम्म नि:शुल्क बसको व्यवस्था गरिएकाे छ, दिनभरमा मितेरी पुलमा उनीहरुलाई ल्याइने योजना छ,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले भने ।
नेपालतर्फका कोदारी अध्यामगन कार्यालय, स्थानीय प्रशासनका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जिम्मा लिनेछन् । चीनका सरकारी अधिकारीहरुले उनीहरुलाई नेपाललाई बुझाउने योजना बनाएका छन् ।
गत ७ गते पनि चीनले २०३ जना नेपालीलाई अहिलेकै प्रक्रियामा तातोपानी नाकामा ल्याएका थिए । त्यतिबेला धेरै नेपाली चालक, सहचालक, व्यापारिक फर्मका कर्मचारीलगायतका थिए । यसपटक भने केरुङमा विभिन्न पेशा गरी बसेको नेपालीहरु बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हो  ।ekantipur बाट

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित