नौ दिनदेखि अवरुद्ध कोदारी राजमार्ग खुलेन, भारीमा बोकेर ल्याइयो सामान

नौ दिनदेखि अवरुद्ध कोदारी राजमार्ग खुलेन, भारीमा बोकेर ल्याइयो सामान

फरक पत्रिका

सोमबार, साउन २७ २०८२

नौ दिनदेखि अवरुद्ध कोदारी राजमार्ग खुलेन, भारीमा बोकेर ल्याइयो सामान

सिन्धुपाल्चोक । नेपाल र चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका बन्द भएपछि चीनबाल ल्याइएका सामान बोकेर नेपालतर्फ ल्याइएको छ । पछिल्लो नौ दिनदेखि पहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध भएपछि चीनतर्फ अड्किएका सामान बोकेर ल्याइएको हो ।

गएको १८ गते कोदारीको इक्ुमा पहिरो गएको थियो । सो पहिरो पन्छाउन नसक्दा नौ दिनदेखि सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानहरू कुहिन थालेपछि भारीबाट बोकेर सामान ल्याएको हो । कन्टेनरको सामान पल्टी गरेर ल्यइएको हो । व्यवसायीकाअनुसार एउटा कन्टेनरबाट सामान पल्टी गरेको एक लाख तीस हजार रुपैयाँ तिर्नुपरेको छ ।

सडक अवरुद्ध भएपछि नेपाल छिरेका कन्टेनरको सामान मान्छेलाई बोकाएर पहिरो कटाउन थालिएको हो । नेपाल भित्रिएका स्याऊ, आँप, अङ्गुर, लसुन, प्याज लगायतका सामानहरू कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डसम्म ल्याइएको हो ।

सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोट लागिरहेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले पहिरो पन्छाइरहेका बताए ।
नेपाली व्यावसायीहरूले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भुभागमा अड्किएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित